कार्तिक–२, २०७७
चितवन । भरतपुर १३ चम्पानगरका तीर्थ सुवेदी वि एस्सी एग्रीकल्चर सम्मको अध्ययन गरेका छन् । उनका भाई विमल सुवेदी कानुनमा एलएलएम । दुवै जना जागिरे छन् । सुविधायुक्त जीवन जिउन सक्ने क्षमता भएपनि उनिहरु अहिले खेतमा पसीना वगाउँछन् ।
त्यसो त चम्पानगर आफैमा कृषिका लागि उर्वर भूमिहो । यहाँधान, मर्क, तोरी, गहुँ आदि राम्रो उत्पादन हुन्छ । यही माटोले जागिरे दाजुभाइलाई कृषि कर्ममाता नै रहयो ।
दुवै जनाको जागिरे दैनिक चलिरहेको थियो तर अचालक लकडाउन भएपछि भाइ विमललाई कृषिमा केही गर्नुपर्छ भन्ने भयो र दाई तीर्थलाई प्रस्ताव राखे । भाइको प्रस्तावले दाइलाई खुशी बनायो र दुवै जना मिलेर नेपालकै गौरव धानको हर्दिनाथ हाइव्रिड वीउ उत्पादनमा लागि रहेका छन् ।
चितवन धान उत्पादनका लागि उर्वर भूमि त हो नै धानको वीउका लागि पनि उर्वरनै छ भन्ने प्रमाणीत गर्न दाजुभाई कृषिमा होमिएका छन् । वीउ राम्रो नहुँदा उत्पादन राम्रो हुन्न । साँढे ३ विघा क्षेत्रफलमा उत्पादन गरेर किसानको खेत सम्म पुर्याउने र खाद्य सुरक्षामा टेवा पुर्याउने दाजुभाइको लक्ष्यरहेको दाई तीर्थ सुवेदीले बताए ।
त्यसो त दाईको पढाई विएससी एग्रिकल्चरसम्म, भाईको कानुन विषयमा एलएलएम । दुवै जना जागिरे । वुवापनि सरकारी जागिरमै । पैसाको कुरा गर्दा नपुग्ने त केही थिएन । तर खेतमा पसीना वगाएर आफूले अध्ययन गरेको क्षेत्रलाई व्यवहारमै लागु गर्ने र विदेशी वीउबाट नेपाली किसान ठगिनुपर्ने वाध्यताबाट मुक्त गराउने दाइको उद्देश्य र कृषि नै समृद्धिको आधार हो भन्ने बुझाई भाइमा भएपछि योजनाले पुर्णता पायो ।
कानुन पढेका भाइकै अझ वढि यसमा जोड छ । नेपाल कृषि अनुसन्धान परिषदले अनुमतिदिएको वीउ उत्पादनमा दाजुभाई लागि रहँदा आमाको साथ पनि गज्जवको छ । छिमेकी लगायत धेरै युवाहरु विदेशिएको देख्दा नरमाइलो लाग्ने आमा मैयादेवी छोराहरुको कर्मले अन्य लाइपनि नेपाली माटोमै पैसा छ भन्ने सन्देश जाओस भन्ने छ । आफ्नो माटो अनुसारको मेहनतगर्न आग्रह छ । राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुर चितवनमा कृषि प्राविधिकको रुपमा करिव ७ वर्षदेखि दाई तिर्थ कार्यरत रहेका छन् । हाइव्रिड मकैकाजात र त्यसका वाउ आमा पत्तालगाउने कार्यमा सक्रिय उनिहरु सोही वारीमा पनि रामपुर हाइव्रिड १० नामको मकैको वीउ ६० क्वीन्टल उत्पादन गरेर किसानकोमा पुर्याइसकेका छन् । यो धानको वीउपनि नेपाली हावापानीमा हुर्किएको र पुर्व झापादेखि धनगढी सम्म उत्पादनहुने उनको दावी छ ।
किसानको घरघरमा पुर्याउन विमल एग्रो फार्म एण्ड रिसर्च सेन्टर स्थापना गरिएको छ । यसले वहुरािष्ट्रय कम्पनीका धानका वीउ भित्रन नदिने र विस्तारै क्षेत्रफल बढाइ धान र मकैका अन्य स्थानीय जातको उत्पादन वढाउने योजना उनिहरुको छ । चैत्र ५ मा धानकोपनि वीउ उत्पादन गरिरहेका दाजुभाईले पहिलो सिजन निखारेपछि वल्ल फर्म दर्ता गराए । विना सरकारी अनुदान पहिला काम गरेर देखाउने र अहिले फर्म दर्ता गरेका उनिहरुले सरकारसँग प्रोत्साहनको केहि आशा गरेका छन् ।
कागज हेरेर अनुदान दिने नभई फिल्डमा आएर हेरिदिन र थप सुझाव सम्भावनावारे बताइ दिएपनि अन्यजातका धानको वीउ उत्पादनगर्न हौसला मिल्ने बताउँछन । आमा मैयादेवी कृषिलाई हेयको भावले नभई विशेषज्ञहरु नै फिल्डमा गए देशको विकास र समृद्धिका सहयोग पुग्ने बताउछिन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८