कार्तिक–१, २०७७
नवलपुर । नवलपुर जिल्लामापनि पीसीआर मेशीन आइपुगेको छ । जिल्लाको सरकारी अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन आइपुगेको हो । जिल्लामा एक मात्रै कोभिड अस्थायी अस्पताल प्राकृतिक चिकित्सालय रजहरमा संक्रमितको संख्या वढ्दै जाने र रिपोर्ट पर्खनै हप्ता दिन कुर्न परेपछि आरटी पीसीआर मेशिनको माग वढ्दो थियो । तर पर्याप्त तयारी विना नै मेशीन ल्याएपछि कहाँ राख्ने र कहाँको जनशक्ति ल्याएर मेशीन चलाउने अन्योलता वढेको छ ।
संघिय सांसद तिलक महतले शनिबार एक कार्यक्रमका बिच मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डा.गोपाल खनाललाई मेसिन हस्तान्तरण गरेपनि संचालनमा आउनै एक महिना लाग्ने भएको छ । जिल्ला अस्पतालको भवन निर्माणधीन रहेको र अहिलेका भवन साँघुरो भएका कारण कहाँ राख्ने भन्ने नै टुगिएको छैन । त्यस्तै माइक्रोवायोलोजिमा मास्टर गरेका जनशक्ति आवश्यक पर्ने भएपनि यो समेत अभाव रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले पिसिआर मेसिन आइपुगे पनि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्षमता परीक्षण लगायतका तयारी गर्नु पर्ने भएकाले कम्तिमा एक महिना लाग्ने जानकारी दिए ।
जिल्लामा संक्रमणको दर बढिरहँदा पोखरा, भरतपुर, बुटवल, हेटौंडा लगायतका क्षेत्रमा स्वाब परिक्षणको लागि पठाउँदा समयमै रिपोर्ट नआउने समस्याले स्थानीय हैरान थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८