कार्तिक–१, २०७७
कोलकत्ता नाइट राइडर्सलाई फराकिलो अन्तरले हराउँदै मुम्बई इन्डियन्स आइपिएलको अङ्क तालीकाको पहिलो स्थानमा उक्लेको छ ।
शुक्रवार भएको खेलमा मुम्बईले कलकत्तालाई आठ विकेटले हरायो । कलकत्ताले छाडेको १४९ रनको सामान्य लक्ष्य मुम्बईले २ विकेटको क्षतीमा २२ बल बाँकी रहँदा नै भेट्यो । मुम्बईका लागि म्यान अफ द म्याच क्वीन्टन डी ककले ४४ बलमा ७८ रन प्रहार गरे । यसै गरी हार्दिक पाण्डेले ११ बलमा २१ रन प्रहार गरे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कलकत्ता ५ विकेट गुमाउँदै १४८ रनमा सीमित भयो । ११ औ ओभरमा आन्द्रे रसेलको रूपमा ६२ रनमा पाँचौँ विकेट गुमाएको कोलकत्ताका लागि प्याट कुमिन्सले ३६ बलमा ५३ रन प्रहार गरे ।
१२ अङ्क सहित मुम्बई तालिकाको शीर्ष स्थानमा छ भने ८ अङ्क भएको कोलकत्ता चौथो स्थानमा छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८