• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

सञ्जय दत्तलाई क्यान्सर, म यसलाई परास्त गर्छु


सञ्जय दत्तलाई क्यान्सर, म यसलाई परास्त गर्छु

आश्विन–३०, २०७७

भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको बताएका छन् । भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले “चाँडै क्यान्सरलाई परास्त गर्ने“ विश्वास समेत व्यक्त गरेका छन् ।

उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने पुर्ववत कार्यकक्रम यथावत रहने बताएका छन् । अहिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उनको कोभिड–१९ परीक्षण गरिएको थियो । तर उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएन ।
विभिन्न सञ्चार माध्यमबाट फोक्सोको क्यान्सर भएको भन्ने अपुष्ट समाचार आएकै बेला उनले “औषधोपचारका लागि कामबाट छोटो बिदा“ लिने बताएका थिए ।

सञ्जय दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्नै प्रशंसकहरूलाई उनको अवस्थाबारे “चिन्ता वा अनावश्यक अनुमान नगर्न“ आग्रह गरेका छन् ।

“यो मेरो जीनवको आलो दाग हो । तर म यसलाई परास्त गर्छु । म क्यान्सरबाट चाँडै मुक्त हुन्छु ।“ – विविसीमा आधारित

  • प्रकाशित मिति : असोज ३०, २०७७, शुक्रवार १२:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८