आश्विन–३०, २०७७
कप्तान लोकेश राहुल र यस सत्रको पहिलो खेल खेलिरहेका क्रिस गेलको अर्धसत्तकको सहयोगमा किङ्स पन्जाब ११ ले आइपिएलको बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ ।
१७२ रनको लक्ष्य पाएको पन्जाबले लागि अन्तिम बलमा निकोलास पूरणले छक्का प्रहार गरे पछि १७७ रन जोडेको थियो । अन्तिम ओभरमा दुई रन आवश्यक रहेको समयमा युजवेन्द्र चावलले पहिलो पाँच बलमा एक रन मात्र दिए भने ओभरको पाँचौँ बलमा गेल रन आउट समेत भए । खेल सुपर ओभरमा पुग्ने सम्भावना देखिएको खेलमा निकोलास पूरणले छक्का प्रहार गरे ।
पन्जाबका कप्तान राहुलले अविजित रहँदै ४९ बलमा ६१ रन जोडे । उनी खेलका म्यान अफ द म्याच समेत घोषित भए । यसै गरी, गेलले ४५ बलमा ५३ रन बनाए । विस्फोटक सुरुवात गरेका मायंक अग्रवालले २५ बलमा ४५ रन जोडे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले ६ विकेटको क्षतीमा १७१ रन बनायो । कप्तान विराट कोहलीले ४८ रन जोडे । क्रिस मोरिसले ८ बलमा २५ रन प्रहार गरे । अलराउण्डर मोरिसले बलिङ पनि त्यत्तिकै उत्कृष्ट गरेका थिए । उनले ४ ओभरमा २२ रन मात्र खर्चेका थिए । मोहम्मद सामीले अन्तिम ओभरमा २४ रन खर्चे । मुगारन आश्विनले सानदार बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चिँदै २ विकेट लिए ।
पन्जाबले ७ खेलमा ४ अङ्क जोडेको छ । यो दुवै जित बंैगलोर माथि नै हो । बैंगलोर १० अङ्क सहित तेस्रो स्थानमा छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८