चितवनमा ३ बर्षका बालक सहित थप ५९ जनामा कोरोना पुष्टि

  • खवरदाता
  • असोज २९, २०७७

आश्विन–२९, २०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बुधबार गरिएको परिक्षणमा चितवनका ५४ सहित ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ११ महिला र १९ पुरुष गरि ३० जना, रत्ननगरका १ पुरुष र ४ महिला गरि ५ जना , खैरहनिका २ पुरुष र ३ महिला गरि ५ जना, राप्तीका २ पुरुष र ५ महिला गरि ७ जना, कालिकाका ३ पुरुष, इच्छाकामनाका २ पुरुष र माडिका २ पुरुष गरि ५४ जना रहेका छन ।
यस्तै अन्य संक्रमित हुनेहरुमा काठमाडौका १ पुरुष र १ महिला ,तनहुँका १ पुरुष र सर्लाहीका १ पुरुष समेत गरि जम्मा ५९ जना रहेका छन । संक्रमितहरु ३ देखि ८७ बर्ष सम्मका रहेका छन।

भरतपुर अस्पताल ,पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका २८१ नमुनाको परिक्षण गर्दा २२२ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ५९ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

  • खवरदाता
  • प्रकाशित मिति:असोज २९, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८