• कात्तिक २२, २०८१, बिहीवार Thursday, 07 November, 2024

मुम्बई शीर्ष स्थानमा, दिल्लीको दोश्रो हार

  • खवरदाता

मुम्बई शीर्ष स्थानमा, दिल्लीको दोश्रो हार

आश्विन–२६, २०७७

मुम्बई इन्डियन्सले आइपिएलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा दिल्ली क्यापिटललाई ५ विकेटले हराउँदै मुम्बईले सात खेलमा १० अङ्क बटुलेको हो । १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले दुई बल बाँकी रहँदा ५ विकेट गुमाउँदै १६६ रन बनाएको हो । मुम्बईका लागि क्वीन्टन डी कक र सूर्य कुमार यादवले समान ५३ रन जोडे । कक खेलका म्यान अफ द म्याच घोषित भए । ईशान किसनले १५ बलमा २८ रन प्रहार गरे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतीमा १६२ रन जोडेको थियो । दिल्लीका लागि शिखर धवनले ६९ तथा श्रेयास ऐयारले ४२ रन जोडे । मुम्बईका क्रुनाल पाण्डेले ४ ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिए ।

आइतबार नै भएको अर्को खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हरायो । १५९ रनको लक्ष्य पाएको राजस्थानले एक बल बाँकी रहँदा ५ विकेटको क्षतीमा १६३ रन बनायो । राजस्थानका लागि रियान पराग र राहुल टेबटीयाले छैटौँ विकेटका लागि अविजित ८५ रनको साझेदारी गरे । टेबटीयाले २८ बलमा ४५ तथा परागले २६ बलमा ४२ रन प्रहार गरे । टेबटीया खेलका म्यान अफ द म्याच घोषित भए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादका लागि मनीस पाण्डेले ५४ तथा डेभिड वार्नरले ४८ रन प्रहार गरेका थिए ।

कलकत्ता र रोयल च्यालेन्जर बंगलोरले सोमबार खेले पछि सबै टोलीको पहिलो लेगका सबै खेल सकिने छन् । पहिलो सात खेल सकिँदा दिल्ली १० अङ्क सहित दोस्रो स्थानमा छन् । समान ८ अङ्क भएका कलकत्ता र बैंगलोर सोमबार खेल्दै छन् । हैदरावाद र राजस्थान समान ६ अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् । चेन्नाइ ४ अङ्क सहित सातौँ तथा पन्जाब २ अङ्क सहित पुछारमा छन् ।

  • प्रकाशित मिति : असोज २६, २०७७, सोमवार ०२:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८