• साउन १३, २०८३, बुधवार Wednesday, 29 July, 2026

नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि गाडी चल्न थाले

  • खबरदाता

नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि गाडी चल्न थाले

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि गाडी चल्न थालेका छन् । हिजो एकैदिन लगातार तीन पटक सुख्खा पहिरो झरेर अवरुद्ध यो सडकमा सडक डिभिजन कार्यालय चितवनले रातमा गाडी चलाउन रोक लगाएको थियो ।

खहरेखोला मुग्लिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान ५ बजेसम्म रोक लगाएकोमा त्यसपछि गाडी चल्न थालेका हुन् । लेन अनुशासनको पालना गरी गाडी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

त्यस्तै पहिरोको जोखिम कायमै छ । यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीको आग्रह छ ।

  • प्रकाशित मिति : साउन १३, २०८३, बुधवार ०६:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८