आश्विन–२५, २०७७
चितवन । चितवनमा ५ जना जुवाडे पक्राउ परेका छन् ।
कालिका नगरपालिका ४ मा रहेको ग्रिन टप कटेजमा जुवातास खेलीरहेको अवस्थामा सोही ठाउँ वस्ने ३७ वर्षीय बल बहादुर नेपाली, वर्ष ३५ का हरीराम लामा, वडा नं. ५ बस्ने वर्ष ४० का कुमार चौधरी, नवलपुर जिल्ला गैंडाकोट २ बस्ने वर्ष ३८ का हरी जि.सि. र सोही ठाउँका वर्ष ३८ का नवराज परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
एक आपसमा वाजीथाप्दै हार जितहुनेगरी जुवातास खेलि रहेको अवस्थामा राति साँढे १० बजेको समयमा पक्राउ परेका उनीहरुको साथबाट एक बुक तास र नगद रू. २ लाख २९ हजार ७८० रुपैया पनि बरामद भएको र जुवा कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८