• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

बिना पाहुना खुले मेघौलीका होमस्टे

  • खवरदाता

बिना पाहुना खुले मेघौलीका होमस्टे

आश्विन–२३, २०७७

चितवन ।  लकडाउनका कारण करिव ७ महिनादेखि बन्द रहेका मेघौलीका होमस्टेहरु पुन संचालनमा आएका छन । भरतपुर महानगरपालिका २७ मेघौलीमा रहेका थारु होमस्टेहरु संचालनमा आएको सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम कायमै रहेपनि करिव ७ महिना ठप्प रहेका होमस्टे कोभिड–१९ बाट बच्न सरकारले तोकेको अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना सहित संचालन गरिएको महतोले बताए ।

उनका अनुसार पाहुनाहरुमा कोरोना भाइरसका कुनै लक्षण नदेखिए मात्रै राख्ने गरिएको छ भने मास्क, स्यानीटाइजरको प्रयोग अनिवार्य गरिएको छ । यहाँ ८ वटा होमस्टेहरु २०६७ साल माघ १४ गतेबाट स्थापना भइ संचालनमा आएका हुन ।

कोभिड–१९ को संक्रमण जोखिम नभएको भए २ वटा अरु थप गर्ने तयारी रहेपनि वर्तमान होमस्टेमा गरेको लगानी समेत नउठ्ने अस्थामा रहेको अध्यक्ष महतोले बताउँछन ।

स्थानीय उत्पादन लोकल माछा,कुखुरा, हाँस, घोँगी चिचरका लागि होमस्टे निकै प्रख्यात छ । मासिक २५ हजारसम्म बचत हुने होमस्टे ६ महिना ठप्पै हुँदा आफूहरु नराम्रोसँग मारमा परेको बताउँदै स्थानीय देखि केन्द्र सरकारले होमस्टे संचालकहरुका लागि कुनै पनि व्यवस्था नगरीदिएको उनीहरुको गुनासो छ ।

लामो समय वन्द हुँदा होमस्टेका संरचना भत्कने अवस्थामा पुगेको साथै कुखुरा हाँस आदिमा गरेको लगानी खेर जाने चिन्तामा होमस्टे संचालकहरु थिए ।

यदि सरकारले सहयोग गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आर्थिक सहित प्राविधिक सहयोग गरिदिए थप संख्यामा पनि पाहुना राख्न सकिने अध्यक्ष महतोको भनाई छ । होमस्टेमा वस्ने पाहुनाले थारु नृत्य वाहेक अन्य सवै गतिविधिमा पहिले जस्तै गरी सहभागी हुन पाउने उनको भनाई छ ।

मेघौलीमा आउने पर्यटकले सुर्य अस्ताएको, हात्ती सफारी, जीप सफारी, नारायणीमा डुँगा सयर आदिबाट मज्जा लिन सक्नेछन् । जंगलका वीचमा भएका ठूला होटलहरु वन्द भएकाले गौचरनमा परिणत भएको मेघौली विमानस्थल अझै संलानमा आउन सकेको छैन ।

  • प्रकाशित मिति : असोज २३, २०७७, शुक्रवार १५:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८