• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

सिएमसीमा २८१ नमुना परिक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि

  • खवरदाता

सिएमसीमा २८१ नमुना परिक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि

आश्विन–२२, २०७७

चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ४५ पुरुष र ३० महिला गरि थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २५ पुरुष र १६ महिला गरि ४१ जना, रत्ननगरका ३ पुरुष र ३ महिला गरि ६ जना ,खैरहनि र राप्तीका १÷१ पुरुष, कालिकाका २ पुरुष र माडीका १ पुरुष गरि चितवनका मात्रै ५२ जना रहेका छन ।

अन्य संक्रमित हुनेहरुमा नवलपुरका ६ पुरुष ४ गरि १० जना, मकवानपुरका ३ पुरुष ३ महिलागरि ६ जना, तनहुँका १ महिला, बारा, सर्लाही, रौतहट, रुपन्देही र धादिङका १÷१ पुरुषगरि ५ जना र लमजुङ्गका १ महिला समेतगरि जम्मा ७५ जना रहेका छन ।

संक्रमितहरु ११ देखि ७६ बर्ष सम्मका रहेका छन ।
परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ ।

विहिबार परिक्षण गरिएका २८१ वटा नमूना मध्ये २०६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ७५ वटा नमुनाको पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : असोज २२, २०७७, बिहीवार १३:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८