आश्विन–२१, २०७७
चितवन । पछिल्लो २४ घण्टामा १४ हजार २०९ नमुनाको परिक्षण गर्दा ३ हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन् ।
आज १२६१ महिला र २१७८ पुरुष गरि ३४३९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २५ हजार ७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १४ हजार ४११ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
यस्तै आज थपिएका मध्ये चितवनमा १३१ जना । काठमाण्डौं उपत्यकामा १६८४ मध्ये काठमाण्डौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११२६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ६८ हजार ६६८ पुगेको छ । यो ७२.९ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा ५ महिला र १० पुरुषगरि १५ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ५७८ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८