• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

विद्यालय खुलेपछि नयाँ साईकलमा सरर……

  • खवरदाता

विद्यालय खुलेपछि नयाँ साईकलमा सरर……

आश्विन–२०, २०७७

चितवन । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका ५ वटा वडामा रहेका १७ विद्यालयमा अध्ययन गर्ने १ सय ३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ ।

जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताईन ।

भरतपुर २२ को पटिहानीमा रहेको आधारभुत विद्यालयमा एक कार्यक्रम गरी महानगर पालिकाले विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरेको हो । प्रतिवडा २७ साइकलका दरले महानगरका १३, १४, २२, २३, र २४ नम्बर वडाका विद्यार्थीलाई साइकल वितरण गरिएको हो ।

महानगरले १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने महानगरले जनाएको छ । साइकल पाएपछि विद्यार्थीहरु खुसीहुँदै भने बन्द रहेका विद्यालयहरु चडैखुले नयाँ साईकलमा विद्यालय जान पाईने थियो ।

घरबाट स्कुल जाँदा धेरै किताब बोकेर जार्नु पर्ने, घरमा काम गरेर जाँदा ढिला पनि हुने हुँदा अब भने साइकल भएपछि बेलैमा विद्यालय जान सजिलो हुने र यसले पठनपाठनमा पनि निकै सहज हुने छात्राहरुको भनाई छ ।

  • प्रकाशित मिति : असोज २०, २०७७, मंगलवार ११:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८