• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

उपत्यकामा १०१७ सहित, १५५१ जना संक्रमित थपिए

  • खवरदाता

उपत्यकामा १०१७ सहित, १५५१ जना संक्रमित थपिए

कुल संक्रमित संख्या ९० हजार नाघ्यो

आश्विन–२०, २०७७

चितवन । पछिल्लो २४ घण्टामा ११ हजार ४७ नमुनाको परिक्षण गर्दा १ हजार १५५१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ५०९ महिला र १०४२ पुरुष गरि १५५१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २२ हजार ७०९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १३ हजार ५९१ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै आज थपिएका मध्ये चितवनमा ८१ जना । काठमाण्डौं उपत्यकामा १०१७ मध्ये काठमाण्डौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा २३४० जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ६७ हजार ५४२ पुगेको छ । यो ७३.३ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा ४ महिला र ५ पुरुषगरि ९ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ५६३ पुग्यो ।

  • प्रकाशित मिति : असोज २०, २०७७, मंगलवार १०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८