आश्विन–२०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने सरकारको प्रस्तावको विरोधमा प्रदेशसभामा तोडफोड गर्ने सांसदलाई कारवाही गर्ने तयारी गरेको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरु बसिउद्दिन खाँ, बैजनाथ कलवार, अष्टभुजा पाठक र रमा अर्यालले कुर्सी तोडफोड गरेका थिए । खाँ रुपन्देही ४ (ख), बलवार पश्चिम नवलपरासी २ (ख), पाठक रुपन्देही ४ (क) र अर्याल समानुपातिक तर्फका सांसद हुन् । उनीहरुले प्रदेशसभाका कुसी र माइक तोडफोड गरेका थिए ।
कांग्रेस सांसदहरुले तोडफोड गरेपछि संसदीय व्यवस्थाको वकालत गर्ने कांग्रेस नै कम्युनिष्ट शैलीमा प्रदेशसभामा उत्रिएको भन्दै सवत्र विरोध भइरहेको छ । चौतर्फी विरोध भएपछि कांग्रेसले उनीहरुलाई कारवाही गर्ने तयारी गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार नै सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै प्रदेश ५ को सभामा भएको तोडफोड पार्टीको नीति र सस्कृतिविपरित भएको उल्लेख गरेका छन् ।
उता कांग्रेसका ११ केन्द्रीय सदस्यहरुले प्रदेशसभाको स्थायी राजधानी बनाउन तोकिएको स्थान ठिक भएको भन्दै विज्ञप्ति निकालेपछि कांग्रेस नेतृत्व र बुटवलमै राजधानी भनेर लागेका नेता बालकृष्ण खाण अफ्ठेरोमा परेका छन् ।
भौगोलिक आधारमा हेर्ने हो भने प्रदेश ५ को राजधानीका लागि भालुवाङ उपयुक्त स्थान हो । –(वर्णन)
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८