आश्विन–२०, २०७७
चितवन । भरतपुरको चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।
निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ यही असोज १६ गते अस्पतालमा भर्ना भएकी कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
उता मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष रहेका छन् । कानेपोखरीका पुरूष ब्लड क्यान्सरबाट पीडित थिए भने रतुवामाईका पुरूषमा मधुमेहको समस्या थियो ।
त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत धरान–३ का ६४ वर्षीय पुरुषको पनि आज विहान मृत्यु भएको छ । उनी गत असोज १२ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।
योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५ सय ५८ पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८