• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

सिएमसीमा २८२ नमुना परिक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि

  • खवरदाता

सिएमसीमा २८२ नमुना परिक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि

आश्विन–२०, २०७७

चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ४७ पुरुष र २८ महिला गरि थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३० पुरुष र १९ महिला गरि ४९ जना, रत्ननगरका १ पुरुष र ४ महिला गरि ५ जना ,खैरहनि र राप्तीका १÷१ पुरुष, रहेका छन ।

अन्य संक्रमित हुनेहरुमा नवलपुरका ९ पुरुष २ गरि ११ जना, नवलपरासीका १ पुरुष ,तनहुँका १ महिला, गोरखाका १ पुरुष ,मकवानपुरका १ महिला र १ पुरुष ,काठमाडौका १ पुरुष ,प्युठानका १ पुरुष र पर्साका १ महिला समेत गरि जम्मा ७५ जना रहेका छन ।

संक्रमितहरु ११ देखि ८० बर्ष सम्मका रहेका छन । जसमध्ये ५६ जना चितवनका मात्र हुन ।
परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ ।

सोमबार परिक्षण गरिएका २८२ वटा नमूना मध्ये २०७ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ७५ वटा नमुनाको पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : असोज २०, २०७७, मंगलवार ०१:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८