• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

दिल्ली क्यापिटलको उत्कृष्ट प्रदर्शन जारी

  • खवरदाता

दिल्ली क्यापिटलको उत्कृष्ट प्रदर्शन जारी

आश्विन–२०, २०७७

दिल्ली क्यापिटलले यस सत्रको आइपिएलमा सानदार प्रदर्शन जारी राखेको छ ।

सोमबार भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको छ । म्यान अफ द म्याच घोषित अक्षर पटेलको सानदार बलिङ गरे पछि १९७ रनको लक्ष्य पाएको बंैगलोर ९ विकेट गुमाउँदै १३७ रनमा सीमित भयो । पटेलले ४ ओभरमा १८ रन खर्चिँदै दुई विकेट लिए । कासिगो रवाडाले चार ओभरमा २४ रन खर्चिँदै चार विकेट लिए । बैंगलोरका कप्तान विराट कोहलीले ३९ बलमा ४३ रन जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले चार विकेटका लागि १९६ रनको योगफल खडा गरेको हो । मार्कस स्टोनीसले २६ बलमा अविजित ५३ रन प्रहार गरेको खेलमा पृथ्वी स र सिखर धवनले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे । सले ४२ तथा धवनले ३२ रनको योगदान गरे । ऋषभ पन्तले ३७ रन जोडे । जित पछि दिल्ली ८ अंक सहित शीर्ष स्थानमा रहेको छ । बैंगलोर ६ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

  • प्रकाशित मिति : असोज २०, २०७७, मंगलवार ०१:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८