आश्विन–१९ ,२०७७
चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ७ पुरुष र २ महिला गरि ९ जना , रत्ननगरका १ महिला, खैरहनिका ३ पुरुष ३ महिला गरि ६ जना ,कालिकाका १ महिला, ईच्छाकामनाका १ पुरुषगरि चितवनका १८ जना रहेका छन् ।
अन्य संक्रमित हुनेहरुमा मध्यविन्दुका १ महिला र दाङका १ पुरुष समेत गरि २० जना रहेका छन् । संक्रमितहरु ३ देखि ६९ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पताल र क्वारेन्टिनबाट संकलन गरिएका नमूनाको सोमबार परिक्षण गर्दा २०८ वटा नमूना मध्ये १८८ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने २० वटाको पोजेटिभ रिपोर्ट आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८