• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

एकैदिन २४४० संक्रमित थपिए, आजमात्रै १९ जनाको मृत्यु

  • खवरदाता

एकैदिन २४४० संक्रमित थपिए, आजमात्रै १९ जनाको मृत्यु

आश्विन–१९, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ७८१ नमुनाको परिक्षण गर्दा २ हजार ४४० जना कोरोना संक्रमित थपिएका छन् ।

आज ९३७ महिला र १५०३ पुरुष गरि २४४० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २३ हजार ५०७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १२ हजार ३१६ रहेको छ भने संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै आज थपिएका मध्ये चितवनमा १०३ जना । काठमाण्डौं उपत्यकामा १५३१ मध्ये काठमाण्डौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११३३ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ६५ हजार २०२ पुगेको छ । यो ७३ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा ५ महिला र १४ पुरुषगरि १९ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ५५४ पुग्यो ।

  • प्रकाशित मिति : असोज १९, २०७७, सोमवार १०:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८