• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

वे ग्रुपको सरसफाई अभियान पुन शुरु


वे ग्रुपको सरसफाई अभियान पुन शुरु
आस्विन १९,२०७७
चितवन । कोभिड १९ र लकडाउनले लामो समय रोकिएको वे ग्रुपको सरसफाई अभियान आजबाट पुन शुचारु गरिएको छ।
वे ग्रुप र प्रहरी सहितको सहभागीतामा पुन निरन्तरता दिने उदेश्यले आज बिहान ७ बजे देखि ८ बजेसम्म सरसफाई गरिएको थियो । कार्यक्रममा वे ग्रुपका सरसफाइ अभियान्ता सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा भरतपुरको चौबिसकोठी चोकमा सरसफाई गरिएको हो ।
वातावरण सफा राख्न सचेतना पनि दिने कार्यक्रमको उद्देश्य रहेको छ । सकेसम्म आफ्नो पोहोर आफै व्यवस्थापन गर्ने र वातावरणसँगै घर आँगन स्वच्छ सफा राख्न सन्देश दिने गरिएको यो कार्यक्रम वे ग्रुपले अन्य संघ संस्थासग मिलेर गर्दै आएको छ।
  • प्रकाशित मिति : असोज १९, २०७७, सोमवार ०८:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८