• असोज २६, २०८१, शनिवार Saturday, 12 October, 2024

सिएमसीमा १८७ नमुना परिक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि

  • खवरदाता

सिएमसीमा १८७ नमुना परिक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि

आश्विन–१९ ,२०७७

चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २२ पुरुष र १३ महिला गरि ३५ जना , रत्ननगरका ३ पुरुष, खैरहनिका ५ पुरुष १ महिला गरि ६ जना ,कालिकाका १ पुरुष १ महिला, ईच्छाकामनाका १ पुरुष गरि चितवनका ४७ जना रहेका छन् ।

अन्य संक्रमित हुनेहरुमा गैंडाकोटका ८ पुरुष ३ महिलागरि ११ जना, कावासोतीका १ महिला, तनहुँका १ पुरुष , वुटवलका १ महिला, हेटौडाका १ पुरुष २ महिला र बारा र पर्साका १÷१ पुरुष समेत गरि ६६ जना रहेका छन् । संक्रमितहरु ३ देखि ९४ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

सिएमसी स्वाब संकलन केन्द्रबाट संकलन गरिएका नमूनाको आईतबार परिक्षण गर्दा १८७ वटा नमूना मध्ये १२१ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ६६ वटाको पोजेटिभ रिपोर्ट आएको हो ।

  • प्रकाशित मिति : असोज १९, २०७७, सोमवार ०३:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८