• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चेन्नाइ र मुम्बईको जित

  • खवरदाता

चेन्नाइ र मुम्बईको जित

आश्विन–१९,२०७७

सेन वाटसन र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरे पनि चेन्नाइ सुपर किङ्सले राम्रो काम ब्याक गर्दै किङ्स पन्जाब ११ लाई १० विकेटले पराजित गरेको छ ।

यस अघि लगातार तिन खेलमा पराजित भएको चेन्नाइले आइतबार भएको खेलमा जित हात पारेको हा । १७९ रनको लक्ष्य सहित ब्याटिङ गरेको चेन्नाइले १४ बल बाँकी रहँदा १८१ रन जोड्यो । वाटसनले ५३ बलमा ८३ तथा प्लेसिसले ८७ रन जोडे । वाटसन म्यान अफ द म्याच घोषित भए । यी दुईको पहिलो विकेटको साझेदारी टोली हालसम्मको सबैभन्दा धेरै रनको साझेदारी हो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतीमा १७८ रन खडा गरेको हो । पन्जाबका लोकेश राहुलले ६३ रन जोडे भने निकोलास पूरणले १७ बलमा ३३ रन बनाए ।

आइतबार नै भएको अर्को खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले हरायो । २०९ रनको लक्ष्य सहित ब्याटिङ गरेको हैदरावादले सात विकेटको क्षतीमा १७४ रन बनायो ।

हैदरावादका डेभिड वार्नरले ६० रन बनाए भने मनीष पाण्डेले १९ बलमा ३० तथा अब्दुल समादले ९ बलमा २० रन जोडे । म्यान अफ द म्याच समेत घोषित ट्रेन्ट बोल्टले ४ ओभरमा २८ रन खर्चेर दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईका लागि क्वीन्टन डि ककले सर्वाधिक ६७ रन जोडे । अन्तिम ४ बलको सामना गरेका क्रुनाल पाण्डेले २० रन जोडे । जित पछि मुम्बई ६ अंक सहित तालीकामा पहिलो स्थानमा उक्लिएको छ । चेन्नाइ ४ अंक सहित छैटौँ,हैदरावाद सातौँ र दुई अंकमात्र जोडेको पन्जाब आठौँ स्थानमा छन् ।

  • प्रकाशित मिति : असोज १९, २०७७, सोमवार ०१:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८