• साउन २५, २०७९, बुधवार Wednesday, 10 August, 2022
centreal college

पीसीआरमा लुट, दुई हप्तामा एकै विरामी र कुरुवाकोे तीन पटक पीसीआर


पीसीआरमा लुट, दुई हप्तामा एकै विरामी र कुरुवाकोे तीन पटक पीसीआर

पैसा नलाग्ने वायप्सी गर्न २१ हजारको पीसीआर परिक्षण

(सम्वन्धित विरामी र आफन्तले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गरे अनुसार)

केपी शर्मा / आश्विन–१८, २०७७

चितवन । हेटौडाका ६० वर्षीय राजेश शर्मा (नाम परिवर्तन), घाँटी भित्र सानो गिर्खा आएपछि हेटौँडाबाट उपचारका लागि चितवन तर्फ लागे ।

छोराका साथमा आएका शर्मा भदौको २६ गते नारायणी सामुदायिक अस्पतालमा जचाउँन पुगे । अस्पतालको सल्लाह अनुसार उनले डा.रमेश पराजुलीलाई भेटे । डाक्टरको परामर्श अनुसार थप उपचार गर्नको लागि उनलाई पिसिआर परिक्षण गर्न भनियो ।

२६ गते नै चितवन मेडिकल कलेजमा विरामी र कुरुवा दुवै जनाले प्रति व्यक्ति रु.४४ सय तिरेर आफ्नो स्वाव दिए । सामुदायिकका डाक्टरको सल्लाह अनुसार विरामीको सम्पूर्ण ल्याव टेष्ट गरियो । क्यान्सरको आंशंकामा सोही अस्पतालले वायप्सीको लागिपनि नमूना संकलन गरायो । तर उनलाई वायप्सीको रिपोर्ट नै दिईएन । त्यसपछि यहाँ उपचार सम्भव छैन क्यान्सर अस्पताल जान भनि सुझाईयो । यो बेला सम्म उनले नारायणी सामुदायिक अस्पतालमा २५/३० हजारको बिल बरावरको रकम वुझाइसकेका थिए ।

थप उपचारको लागि उनी असोज २ गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगे । अस्पतालको सल्लाह अनुसार उनले क्यान्सरमा डा.सदीक्षा अधिकारीलाई आफ्नो विरामी देखाए । क्यान्सर अस्पतालमापनि उनीहरुलाई पिसीआर गर्न भनियो । विरामीले आफुले ५/६ दिन अगाडि पिसिआर गरेको बताए ।

अस्पताल प्रशासनले उनिहरुलाई अघिल्लो पटकको पीसीआर रिपोर्टले हुन्न हामी नयाँ रिपोट बिना उपचार गर्दैनौ भनियोे । विरामी र आफन्तले अनुनयविनय गरे तर अस्पतालले मानेन । त्यहाँ पनि उनिहरुले विरामी र कुरुवाकै पीसीआर गर्न स्वाव दिए । त्यहाँ पनि महंगो अर्थात प्रति व्यक्ति ४ हजार तिरेर उनीहरुले स्वाव परिक्षण गराए ।

अस्पतालले उपचार सुरु गर्यो । अगाडि नारायणी सामुदायिकले गर्न लगाएका सवै परिक्षण पुन क्यान्सर अस्पतालमा गर्न उनीहरु बाध्य भए । वायस्सीको रिपोर्ट आउन लगभग १ हप्ता जति लाग्ने भएपछि विरामी सहित सवै घर फर्के ।

करिव १ हप्ताको वसाइपछि विरामीलाई अस्पताल लगियो । वायप्सीको रिपोर्ट आयो तर रिपोर्टबाट अस्पतालले केही पत्ता लगाउन सकेन । वरु अस्पतालले भन्यो,“अव थप उपचार गर्नको लागि फेरी एक पटक पीसीआर परिक्षण गर्नुहोस ।”

पीसीआरको कुराले विरामी र कुरुवा चकित परे । हिजो अस्ति मात्र पिसीआर गरेको तर अस्पतालले पीसीआर नगरी थप उपचार गर्न नसक्ने वताएपछि वाध्य भएर विरामी र कुरुवाले पीसीआरको लागि स्वाव दिए अहिले पनि उनीहरुले पीसीआरको शुल्क महंगो नै वुझाए ।

अस्पतालले अघिल्लो पटक वायप्सी रिपोर्ट क्लियिर नआएकोले पुन निकाल्नुपर्ने भन्दै नमुना संकलनगरि विरामीलाई कुनै उपचार नगरि एक हप्तापछि आउनुभनि फिर्ता पठायो । यहाँ अस्पतालले विरामी र विरामीका आफन्तलाई वायप्सी रिपोर्ट निकाल्नको लागि पिसिआर परिक्षणमा मात्र २१ हजार खर्च गराएका छन् ।

यता क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम भन्छन्, एक पटक पिसिआर गरेको विरामी वाहिर तिर नगएको अवस्थामा पुन अस्पताल आउँदा पिसिआर गर्नु नपर्ने बताउँछन् । तर अस्पताल प्रशासनले विरामीलाई पिसिआर परिक्षणको लागि वारम्वार दवाव दिन्छ । गौतमका अनुसार माईनर वायप्सीका लागि कुनै शुल्कै लाग्दैन । जसको रिपोर्ट एक हप्ता भित्रमा आईसक्छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विरामीमा लक्षण देखिएमात्र परिक्षण गर्न भनिरहँदा यहाँका अस्पतालले भने पिसिआर परिक्षणलाई आम्दानीकै श्रोत बनाई विरामीलाई लुटिरहेका छन् । हातमा रिपोर्ट हुँदा पनि फेरि सोही प्रयोजनका लागि वाध्यकारी गराउने अस्पतालहरुले सोझासाझा विरामीलाई यसरी दुःख दिने हो भने कसरी सहज उपचार पाउने त ?

  • प्रकाशित मिति : असोज १८, २०७७, आइतवार १२:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८