• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

उपत्यकामा १५९९ सहित देशभर २२५३ संक्रमित थपिए

  • खवरदाता

उपत्यकामा १५९९ सहित देशभर २२५३ संक्रमित थपिए

आश्विन–१८, २०७७

चितवन । पछिल्लो २४ घण्टामा ११ हजार ७८४ नमुनाको परिक्षण गर्दा २ हजार २५३ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ८३० महिला र १४२३ पुरुष गरि २२५३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २२ हजार २१९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ११ हजार ८९३ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै आज थपिएका मध्ये चितवनमा ५२ जना । काठमाण्डौं उपत्यकामा १५९९ मध्ये काठमाण्डौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३२९ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ६४ हजार ६९ पुगेको छ । यो ७३.७ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा ४ महिला र ३ पुरुषगरि ७ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ५३५ पुग्यो ।

  • प्रकाशित मिति : असोज १८, २०७७, आइतवार १०:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८