आश्विन–१८, २०७७
चितवन । प्रधानमन्त्री निवास वालुटारमा ७४ जनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार, सचिवालय सदस्य, सुरक्षाकर्मी र अन्य कर्मचारी सहित ७४ जनामा शनिवार कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
अहिले वालुवाटारमा कोरोना भाईरस कसरी प्रवेश गर्यो भनेर स्वास्थ्य मन्त्रालयले अनुसन्धान गरिरहेको जनाएको छ । स्वास्थ्य मापदण्ड प्रति वेवास्तागर्दा कोरोना भाईरस वालुवाटार सरेको हुनसक्ने अनुमान स्वास्थ्य मन्त्रालयले गरेको छ ।
आवस्यक मापदण्ड पालना नगर्नु, सामाजिक दुरीको वेवास्तागर्दै भीडभाडका साथ भेला तथा छलफलहरु ग्रिएकाले भाइरस सरेको हुनसक्छ स्वास्थ्य मन्त्रालयले भनेको छ ।
मन्त्रालयले भनेको छ ‘प्रधानमन्त्री कार्यालयमा कसले संक्रमण सारेको हो त्यसको अध्ययन भइरहेको छ । बाँकी रहेका सबैको रिपोर्ट आएपछि मात्र संक्रमण कसले सारेको भन्ने अनुमान गर्न सकिन्छ ।’
वालुवाटारमा शुक्रबार गरिएको परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरि वालुवाटारको सुरक्षामा खटिएका नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरी ७० जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियोे । नमुना संकलन गरिएका मध्ये ४५ जनाको रिपोर्ट आउँन बाँकी रहेको जनाईएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८