आश्विन–१८, २०७७
चितवन । चितवनको भरतपुर अस्पतालमा ६२ वर्षिय एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कालिका ७, जुटपानीका ६२ वर्षिय पुरुषको आईतवार विहान ६ वजेर ३५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
निजलाई असोज १६ गते कोरोना भाईरस संक्रमण पुष्टि भई भरतपुर अस्पतालको आईसियु कक्षमा राखि उपचार गरिएको थियो ।
कोभिड संक्रमण पुष्टि भएपछि रुघा खोकी, स्वासप्रश्वासमा समस्याभई उपचाररत पुरुषको आईतवार विहान निधन भएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८