• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

दिल्ली र बैंगलोरको तेस्रो जित


दिल्ली र बैंगलोरको तेस्रो जित

आश्विन–१८, २०७७

दिल्ली क्यापिटल इन्डियन प्रीमीयर लिग आइपिएलको अङ्क तालीकामा शीर्ष स्थानमा उक्लेको छ । शनिवार भएको खेलमा कप्तान श्रेयास ऐयारले सानदार ब्याटिङ गरे पछि दिल्लीले कलकत्ता नाइट राइडर्सलाई १८ रनले हराएको हो । यसै गरी, रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो ।

दिल्लीले छाडेको २ सय २९ रनको लक्ष्य पछ्याएको कलकत्ताले आठ विकेटको क्षतीमा २ सय १० रन बनायो । कलकत्ताका लागि नितिस रानाले ३५ बलमा ५८, इयान मोर्गानले १८ बलमा ४४ तथा राहुल त्रिपाठीले १६ बलमा ३६ रन प्रहार गरे । दिल्लीका एनरीच नोर्तजेले चार ओभरमा ३३ रन खर्चेर तिन विकेट लिए । साथै उनले कासिगो रवाडाको बलमा आन्द्रे रसेलको उत्कृष्ट क्याच लिएका थिए । जुन खेलको टर्नीङ प्वाइन्ट थियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतीमा २२८ रन बनाएको हो । कप्तान ऐयार ३८ बलमा ८८ रन प्रहार गर्दै अविजित रहे । उनी खेलका म्यान अफ द म्याच पनि भए ।

शनिवार भएको पहिलो खेलमा युजवेन्द्र चाँवलले चार ओभरमा २४ रन खर्चेर तिन विकेट लिए पछि राजस्थान ६ विकेट गुमाउँदै १५४ रनमा सीमित भयो । राजस्थानका महीपाल रोमलोरले सर्वाधिक ४७ रन जोडे । १५५ रनको लक्ष्य पछ्याएको बैंगलोरले ५ बल बाँकी रहँदा दुई विकेटको क्षतीमा १५८ रन बनायो । कप्तान विराट कोहलीले ७२ तथा देवदत्त पाणीकलले ६३ रन जोडे ।

जीतसँगै ६ अङ्क बनाएका दिल्ली पहिलो र बैंगलोर दोस्रो स्थानमा छन् । चार अङ्क भएका कलकत्ता पाँचौँ तथा राजस्थान छैटौँ स्थानमा छन् ।

  • प्रकाशित मिति : असोज १८, २०७७, आइतवार ०१:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८