• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

सिएमसिमा २८० नमुना परिक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि

  • खवरदाता

सिएमसिमा २८० नमुना परिक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि

आश्विन–१८ ,२०७७

चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका १७ पुरुष र १७ महिला गरि ३४ जना , रत्ननगरका ५ पुरुष र ३ महिला गरि ८ जना ,खैरहनिका ४ पुरुष १ महिला गरि ५ जना ,कालिकाका १ पुरुष र माडिका १ महिला रहेका छन।

अन्य संक्रमित हुनेहरुमा नवलपुरका ९ पुरुष ३ महिला ,तनहुँका ४ पुरुष ,प्युठान ,दाङ ,ललितपुर ,धादिङ र नवलपरासीका १र१ पुरुष र सर्लाहीका १ पुरुष र १ महिला समेत गरि जम्मा ७२ जना रहेका छन। संक्रमितहरु १७ देखि ७५ बर्ष सम्मका रहेका छन। जसमध्ये ४९ जना चितवनका रहेका छन।
परिक्षण गरिएका नमुनाहरु सबै सिएमसि स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ।

शनिबार परिक्षण गरिएका २८० वटा नमूना मध्ये २०८ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ७२ वटा नमुनाको पोजेटिभ आएको हो।

  • प्रकाशित मिति : असोज १८, २०७७, आइतवार ००:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८