• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज थपिए २१२०, निको भए २०४४ जना

  • खवरदाता

आज थपिए २१२०, निको भए २०४४ जना

आश्विन–१७, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ९७८ नमुनाको परिक्षण गर्दा २ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् ।

आज ७६६ महिला र १३५४ पुरुष गरि २१२० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २१ हजार ३०२ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ११ हजार ५२९ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ७७३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै आज थपिएका मध्ये चितवनमा ७५ जना । काठमाण्डौं उपत्यकामा ११७७ मध्ये काठमाण्डौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ रहेका छन् ।

पछिल्लो २४ घण्टामा २०४४ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ६२ हजार ७४० पुगेको छ । यो ७४ं.१ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २ महिला र ६ पुरुषगरि ८ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ५२८ पुग्यो ।

  • प्रकाशित मिति : असोज १७, २०७७, शनिवार १०:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८