• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

गर्ग र शर्माको ब्याटिङले हैदरावादको जित

  • खवरदाता

गर्ग र शर्माको ब्याटिङले हैदरावादको जित

आश्विन–१७,२०७७

युवा खेलाडीलाई स्थापित गरिरहेको यस सत्रको इन्डियन प्रीमीयर लिग (आइपिएल) को चेन्नाइ सुपर किङ्ससंगको खेलमा दुई युवा खेलाडीका कारण सनराइजर्स हैदराबादले जित हात पारेको छ । प्रयाग गर्गले सनराइजर्सको निम्ति खेलेको दोस्रो खेलमै अर्धसत्तक प्रहार गरे भने अभिशेष शर्माले आइपिएलको व्यक्तिगत शीर्ष रन जोडे ।

गर्गको ५१ तथा शर्माको ३१ रनको सहयोगमा हैदरावादले ५ विकेटको क्षतीमा १६४ रन जोडेको थियो । नाटकीय रहेको खेलमा सो टोली मुस्किलले ७ रनको जित हात पार्न सफल भयो । १९ औं ओभरको पहिलो बल पछि भुवनेश्वर कुमार घाइते भएकाले २० आंै ओभरमा अब्दुल समादले बलिङ गरेका थिए । १९ औं ओभरमा बाँकी बल खालील अहमदले पुरा गरेका थिए । यो भन्दा अघि टी २० जीवनमै सात ओभर बलिङ गरेका समाद ब्याटिङकै कारण टोलीमा रहेका थिए ।

उनले अन्तिम ओभरमा २० रन खर्चे पनि यो जितका लागि पर्याप्त बन्यो । एक ओभरमा २८ रन चाहिएको अवस्थामा पहिलो बलमा वाइड हुँदा विकेटकिपरको नियन्त्रण बाहिर गए पछि ६ बलमा २३ रनको आवश्यकता थियो । यस पछि भने समाद सम्हालिएका थिए । उनले यस अघिका तिन ओभरमा भने २१ रन मात्र खर्चेर एक विकेट लिएका थिए ।

१६४ रनको लक्ष्य पाएको चेन्नाइले खराब सुरुवात गर्दै ८.२ ओभरमा ४२ रन मात्र जोडेर ४ विकेट गुमाएको थियो । कप्तान महेन्द्र सिंह धोनी र रवीन्द्र जडेजाले छैटौँ विकेटका लागि ६२ रनको साझेदारी गरे । ३५ बलमा ५० रन जोडेका जडेजा टी नटराजनको बलमा आउट भए भने धोनी ३६ बलमा ४७ रन जोडेर अविजित रहे । साम करनले ५ बलमा १५ रन जोडे पछि चेन्नाइले ५ विकेटको क्षतीमा १५७ रन बजायो । बिचको ओभरमा रसिद खानले चार ओभरमा १२ रन मात्र खर्चे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले ११ औं ओभरको अन्तिम दुई बलमा डेभिड वार्नर र चौथो विकेटको रूपमा केन विलिम्सनलाई गुमाए पछि खेलको दिसाले नाटकीय मोड लिएको थियो । गर्ग र अभिषेकले खेलको दिसा मोडेका थिए । गर्गले कुरानको एकै ओभरमा तिन चौका र एक छक्का प्रहार गरेका थिए । उनी खेलका म्यान अफ द म्याच घोषित भए ।

जित पछि ४ अङ्क सहित हैदरावाद तालीकाको चौथो स्थानमा छ भने लगातार तिन पराजय भोगेको चेन्नाइ २ अङ्क सहित पुछारमा छ । चेन्नाइ सन् २०१४ पछि लगातार तिन खेलमा पराजित भएको यो पहिलो पटक हो ।

  • प्रकाशित मिति : असोज १७, २०७७, शनिवार ०१:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८