• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा २१ देखि ३० वर्ष उमेरसमूहका संक्रमित धेरै, कहाँ कति ?

  • खवरदाता

चितवनमा २१ देखि ३० वर्ष उमेरसमूहका संक्रमित धेरै, कहाँ कति ?

आश्विन–१६,२०७७

चितवन । चितवन जिल्लामा २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनाले धेरै आक्रमण गरेको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा रहेको कुल संक्रमित २ हजार ८४ मध्ये उक्त उमेर समुहका ६९४ जनालाई संक्रमण पुष्टी भएको हो । दोस्रोमा ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जुन उमेर समूहका संक्रमितको सख्या ५२५ रहेको छ ।

जिल्लामा ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुमा सवै भन्दा कम संक्रमण पुष्टी भएको छ । जसमा १४ जना संक्रमित रहेका छन् । अन्यमा ४१ देखि ५० वर्ष उमेर समूहका ३३९ जना, ५१ देखि ६० उमेर समुहका १९७ जना, ६१ देखि ७० उमेर समूहका ८६ जना, १० वर्ष मुनिका ५९ जना र ७१ देखि ८० वर्ष उमेर समूहका ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । 

जिल्लामा रहेका ७ स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा सवैभन्दा वढि कोरोना संक्रमित रहेका छन् । कार्यालयको तथ्याङ्क अनुसार ७५९ पुरुष र ५७२ महिला गरी १ हजार ३ सय ३१ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यसपछि रत्ननगर नगरपालिकामा १९३ पुरुष र ११७ महिला गरी ३१० (नगरपालिकाको तथ्याङ्कमा भने पुरुष १९९ जना छन् ) जना, खैरहनी नगरपालिकामा १०५ पुरुष र ५३ महिला गरी १५८ जना, राप्ती नगरपालिकामा १०२ पुरुष र ४२ जना महिला गरी १४४ जना, कालिका नगरपालिकामा ४० पुरुष र ३१ महिला गरी ७१ जना, माडी नगरपालिकामा ४९ पुरुष र ९ महिला गरी ५८ जना र इच्छाकामना गाउँपालिकामा ९ महिला र ३ पुरुष गरी ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यसरी जिल्लामा १ हजार २ सय ५७ जना पुरुष र ८२७ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : असोज १६, २०७७, शुक्रवार ११:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८