आश्विन–१६,२०७७
रोहित शर्माको उत्कृष्ट ब्याटिङ र सबै बलरको धारिलो बलिङका कारण मुम्बई इन्डियन्सले इन्डियन प्रीमीयर लिग (आइपिएल)को बिहीबार भएको खेलमा किंग्स पन्जाब ११ लाई ४८ रनले हराएको छ । मुम्बईका हार्दिक पाण्डे र किरोन पोलार्डले विस्फोटक ब्याटिङ गरेको खेलमा जित हात पारे पछि सो टोली अङ्क तालीकाको छैटौँ स्थानबाट पहिलो स्थानमा उक्लेको छ ।
१९२ रनको लक्ष्य पछ्याएको पन्जाबले ८ विकेट गुमाउँदै १४३ रन बनायो । पन्जाबका निकोलास पुरनले ४४ रन जोडे भने कृष्णप्पा गौतमले १३ बलमा २२ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान मायंक अग्रवाल २५ रनमा आउट भए पछि सो टोलीले पहिलो विकेट गुमाएको थियो । मुम्बईका जस प्रीत बुमराहले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले ४५ बलमा ७० रन बनाए । हार्दिक पाण्डेले ११ बलमा ३० तथा किरोन पोलार्डले २० बलमा ४७ रन प्रहार गरे । यी दुईले पाँचौँ विकेटका लागि २३ बलमा अविजित ६७ रनको साझेदारी गरे पछि मुम्बई चार विकेटको क्षतीमा १९१ रन बनाउन सफल भयो । पोलार्ड सो खेलका म्यान अफ द म्याच भए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८