• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनमा २५ जना संक्रमित थपिए

  • खवरदाता

चितवनमा २५ जना संक्रमित थपिए

आश्विन–१५ ,२०७७

चितवन । चितवनको भरतपुर अस्पताल कोभीड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका १३ पुरुष र ४ महिला गरि १७ जना, रत्ननगरका १ पुरुष र १ महिला ,खैरहनिका ५ पुरुष र अर्घाखाँचीका १ महिला गरि जम्मा २५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ८ देखि ६० बर्ष सम्मका रहेका छन ।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल , पुरानो मेडिकल कलेज र क्वारेन्टिनहरुबाट संकलन गरिएको अस्पतालले जनाएको छ ।

बिहिवार परिक्षण गरिएका १७२ वटा नमूना मध्ये १४७ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने २५ वटा नमुनाको पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : असोज १५, २०७७, बिहीवार १४:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८