एकैदिन १९११ संक्रमित थपिए, मृत्युहुने ५०९ पुगे

  • खवरदाता
  • असोज १५, २०७७

आश्विन–१५,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ४४४ नमुनाको परिक्षण गर्दा १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ६२८ महिला र १२८३ पुरुष गरि १९११ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७९हजार ७२८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २१ हजार ८३० रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ११ हजार ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ७६१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९६१ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ५७ हजार ३८९ पुगेको छ । यो ७१.९ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १ महिला र १० पुरुषगरि ११ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ५०९ पुग्यो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८