आस्विन १५ , २०७७
भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल कोभिड(१९ प्रयोगशालामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार गरिएको परिक्षणमा चितवनका ५ सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रयोगशालाका अनुसार भरतपुरका २ महिला र २ पुरुष गरि ४ जना, राप्तीका १ पुरुष ,धनुषा र पर्साका १/१ पुरुष ,र रौतहट ,कंचनपुर ,मोरङ र महोत्तरीका १/१ महिला गरि जम्मा ११ जना संक्रमित भएका हुन।संक्रमितहरु ३० देखि ७५ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ।
क्यान्सर अस्पतालको स्वाव संकलन केन्द्रबाट लिएका १५४ नमुनाको परिक्षण गर्दा १४३ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ११ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालको प्रयोगशालाले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८