• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

सरकारको निर्णयप्रती सांडे बन्दै निजि प्रयोगशाला संचालक

  • खबरदाता

सरकारको निर्णयप्रती सांडे बन्दै निजि प्रयोगशाला संचालक

आश्विन- १५, २०७७

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले भदौ २८ गते २ हजार रुपैयाँमा पीसीआर परिक्षण नगरे अनुमति खारेज गर्ने निर्णय गरेलगत्तै निजी प्रयोगशाला सञ्चालकह अत्तालीएका छन।

सरकारले तोकेको भन्दा दोब्बर बढी शुल्क लिएर पिसिआर परिक्षण गर्दै आएका निजी प्रयोगशालाका सञ्चालकहरुले उत्त निर्णयको खुलेर बिरोध गरेका छन।
उनिहरुले प्रयोगशाला सञ्चालन सम्बन्धी विवाद छलफलवाट नटुंग्याए शनिवारदेखि परीक्षण सेवानै बन्द गर्ने सम्मको चेतावनी सरकारलाई दिएका छन।
सरकारले ,तोकेको शुल्क कार्यान्वयन नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएपछि निजी प्रयोगशाला सञ्चालकको यस्तो निर्णमा पुगेका हुन।
निजि प्रयोगशाला संचालकहरुले तीन दिन घाटा खाएर भएपनि पीसीआर परीक्षण गर्ने तर त्यसपछि पनि समायोजन नगरिए प्रयोगशालानै बन्द गर्ने निर्णय प्गरेको जनाएका छन।

सरकारले दुई हजार शुल्क निर्धारण गरेपनि निजी प्रयोगशालाले ३ हजार ८ सय देखि ४ हजार ४ सय रुपैयाँसम्म शुल्क अशुल्दै आएका छन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौं उपत्यकामा १० वटा निजी प्रयोगशालालाई पीसीआरको अनुमति दिएको छ भने देशैभरि ५६ वटा प्रयोगशालाले पीसीआर गर्न अनुमति पाएका छन् ।

  • प्रकाशित मिति : असोज १५, २०७७, बिहीवार ०५:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८