आश्विन–१५, २०७७
चितवन । असोज १२ गते अथार्त सेप्टेम्बर २८ का दिन भारतले ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो । परिक्षण नमूना मध्ये ७० हजार ५ सय ८९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो । यो परिक्षणको ६.१७ प्रतिशत हो ।
त्यसै दिन नेपालमा १० हजार ८० स्वावको परीक्षण गर्दा १ हजार ३ सय ५१ ज्नाका कोरोना भाईरस रिपोेर्ट पोजिटिभ आयो । यो १३.४० प्रतिशत हुन आउँछ ।
त्यो भन्दा पछिल्ला दिनको परिणाम पनि सरदर उस्तै छ । बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण गरिएकोमा १ हजार ५ सय ५९ जनामा कोरोना भाईरस पोजिटिभ पाइयो । यो १२.७७ प्रतिशत हो । त्यसअघि मंगलबार १४.०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो ।
स्वास्थ्य मन्त्रालयका विज्ञ डा.सुरेश तिवारीका अनुसार १२ प्रतिशतभन्दा माथिमा पोजिटिभ पाइएमा परीक्षण व्यापक विस्तार गरिनुपर्छ । यसको अर्थ समुदायमा निकै फैलिइसकेको भन्ने लाग्छ । नेपालपनि उक्त चरणको अवस्थामा प्रवेश गरिसकेको छ ।
अघिल्लो महिनासम्म भारतको संक्रमण दर नेपालको भन्दा झन्डै दोब्बर थियो । अहिले त्यो अवस्था ठीक उल्टो भएको छ । अहिले नेपालको दर भारत भन्दा दोब्बर बढी भइसकेको छ ।
भारत भन्दा नेपाल अगाडी
छिमेकी मुलुक भारत विश्वकै दोस्रो संक्रमित धेरैहुने राष्ट्र बनेको छ । अमेरिकापछि धेरै संक्रमित भेटिएको भारतमा हालसम्म ६२ लाख ४५ हजार ४ सय ४ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय सक्रिय संक्रमण दर पनि भारतको भन्दा नेपालको उच्च छ । भारतमा सक्रिय केस १५ दशमलव ४ प्रतिशत छ भने नेपालमा सक्रियदर २६ दशमलव ८ प्रतिशत पुगेको छ । भारतमा संक्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने नेपालमा ७२ दशमलव ५ प्रतिशत मात्र निको भएका छन् ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा १० हजार ८ सय ४ जना छन् । संस्थागत आइसोलेसनमा १० हजार ८७ जना छन् । पछिल्लो चौबीस घण्टामा १ हजार ५ सय ५९ जना नयाँ संक्रमित थपिएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८