• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

युवा खेलाडीको उत्कृष्ट प्रदर्शनमा कलकत्ताको जित

  • संबाददाता

युवा खेलाडीको उत्कृष्ट प्रदर्शनमा कलकत्ताको जित

आश्विन–१५,२०७७

युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमा कलकत्ता नाइट राइडर्सले इन्डियन प्रीमीयर लिग (आइपिएल) को बुधवार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराएको छ । यस अघि राजस्थानले खेलेका दुवै खेलमा जित हात पारेको थियो ।

१७५ रनको लक्ष्य पछ्याएको राजस्थानले नौ विकेट गुमाउँदै १३७ रन बनायो । कप्तान स्टेभन स्मिथ दोस्रो ओभरमा तिन रन मात्र जोडेको अवस्थामा आउट भएका थिए । प्याट कुमिन्सको बललाई स्वीप गर्ने प्रयासमा उनले विकेटकिपरलाई क्याच थमाएका थिए । त्यस पछि शिभम माभी र कमलेश नगरकोटीले उत्कृष्ट बलिङ गरे पछि आठ ओभरको समाप्तिमा राजस्थानले ५ विकेट गुमाएर ४२ रन जोडेको थियो ।

पहिलो ओभर सुनिल नारायणले बलिङ गरेको खेलको दोस्रो ओभरमा कुमिन्सले लगातार दबाब दिएका थिए । तेस्रो बलमा छक्का प्रहार गर्न खोजेको बल मिडअफमा फील्डर नभएको ठाउँमा खसेर स्मिथ बचेका थिए । यस पछिको बलमा उनी आउट भए । कुमिन्सलाई एक छक्का प्रहार गर्दै छिटो रन बटुलेका बटलरलाई माभीले २१ रनमा आउट गरे । यस भन्दा अघिल्लो ओभरमा उनले सञ्जु सामसुनलाई पनि आउट गरेका थिए । आठौँ ओभरमा बलिङ गर्न आएका नगरकोटीले पहिलो बलमा रोबिन उथप्पा र चौथो बलमा रियान परागलाई आउट गरे ।

यस पछि वरुण चक्रवर्तीले चार ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । टम कुरान ३६ बलमा ५४ रन जोड्दै अविजित रहे । यसमा सुनिल नारायणका १२ बलमा जोडेको २७ रन पनि थियो । कुलदिप यादवले अन्त्यमा तिन ओभर बलिङ गरे भने आन्द्रे रसेलले कुनै पनि ओभर बलिङ गरेनन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताका प्रारम्भिक ब्याट्सम्यान शुभमन गीलले नितिस रानासँग मिलेर दोस्रो विकेटका लागि गरेको ५३ रनको साझेदारी महत्वपूर्ण बन्यो । कलकत्ताले ६ विकेटको क्षतीमा १७४ रन जोडेको थियो । राहुल टेबटीयाले २२ रन बनाएका रानालाई आउट गरे पछि राजस्थान खेलमा फर्कने लक्षण देखिएको थियो । पावर प्लेमा पहिलो ओभर मात्र बलिङ गरेर एक रन खर्चेका जोफ्रा आर्चरको दोस्रो स्पेल १२ औ ओभरमा सुरु भएको थियो । उनले आफ्नो लगातार दुई ओभरमा शुभमन गील र कलकत्ताका कप्तान दिनेश कार्त्तितकलाई आउट गरेका थिए । गीलले ३४ बलमा ४७ रन जोडे ।

यस पछि निश्चित समयको अन्तरमा विकेट गुमाए पनि कलकत्ताले रनको गतिलाई भने रोकेन । आन्द्रे रसेल १४ मा २४ र प्याट कुमिन्स १० बलमा १२ रन बनाएर आउट भए भने इयान मोर्गान २३ बलमा ३४ तथा कमलेश नगरकोटी ५ बलमा ८ रनमा अविजित रहे । ४ ओभरमा २० रन खर्चेर दुई विकेट लिएका माभी सो खेलका म्यान अफ द म्याच भए । जीतसँगै कलकत्ता अङ्क तालीकाको दोस्रो स्थानमा उक्लेको छ भने राजस्थान तेस्रो स्थानमा झरेको छ ।

  • प्रकाशित मिति : असोज १५, २०७७, बिहीवार ०१:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८