आश्विन–१४ ,२०७७
चितवन । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ सहित थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ४ पुरुष र ३ महिला गरि ७ जना, रत्ननगरका २ पुरुष र ४ महिला गरि ६ जना, खैरहनीका २ पुरुष र ३ महिला गरि ५ जना , राप्तीका ३ पुरुष र १ महिलागरि ४ जना र कावासोतीका १ महिला समेतगरि २३ जना संक्रमित भएका हुन । संक्रमित हुनेहरु १७ देखि ७३ वर्षसम्मका रहेका छन् ।
परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल, नेशनल सिटी अस्पताल र क्वारेन्टिनहरुबाट संकलन गरिएको अस्पतालले जनाएको छ ।
बुधबार परिक्षण गरिएका १६९ वटा नमूना मध्ये १४६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने २३ वटा नमुनाको पोजेटिभ आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८