• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आज थपिए १५५९ संक्रमित, निकोहुने ५६ हजार ४२८ पुगे

  • संबाददाता

आज थपिए १५५९ संक्रमित, निकोहुने ५६ हजार ४२८ पुगे

आश्विन–१४,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १२ हजार २०५ नमुनाको परिक्षण गर्दा १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ५८२ महिला र ९७७ पुरुष गरि १५५९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २० हजार ८९१ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार ८०४ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ८७ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १०५७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ५६ हजार ४२८ पुगेको छ । यो ७२.५ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २ महिला र ५ पुरुषगरि ७ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ४९८ पुग्यो ।

  • प्रकाशित मिति : असोज १४, २०७७, बुधवार १०:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८