आश्विन–१४,२०७७
सन राइजर्स हैदरावादले यस सत्रको आइपिएलमा पहिलो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजयको सामना गरेको हैदरावादले मङ्गलवार दिल्ली क्यापिटललाई १५ रनले हरायो । १६३ रनको लक्ष्य पाएको दिल्ली रसिद खानको उत्कृष्ट बलिङका सामु निरीह हुँदै सात विकेट गुमाएर १४७ रनमा समेटियो । खानले चार ओभरमा १४ रन खर्चेर तिन विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भए ।
यसै गरी,डेथ ओभरमा लगातार प्रभावकारी योर्कर फ्याकेका टी नटराजनले चार ओभरमा २५ रन नै खर्चेर एक तथा भुवनेश्वर कुमारले पनि ४ ओभरमा २५ रन नै खर्चेर दुई विकेट लिए । त्यसो त अर्का स्पिनर अभिषेक शर्माले त्यत्तिकै किफायती बलिङ गरे पनि आफ्नो अन्तिम ओभरमा ऋषभ पन्तको रिटर्न क्याच छाडे पछि पन्तले लगातार दुई छक्का प्रहार गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले चार विकेटको क्षतीमा १६२ रन बनायो । डेभिड वार्नर र जोनी वारिस्टले ढिला सुरुवात गरेको खेलमा केन विलियम्सले प्रभावकारी देखिए । वारिस्टले ४८ बलमा ५३ रन तथा वार्नरले ३३ बलमा ४५ रन बनाए । विलियम्सले २६ बलमा ४१ रन जोडे । दिल्लीका कासिगो रबाडाले चार ओभरमा २१ रन खर्चेर दुई विकेट लिए । अमित मिश्राले दुई विकेट लिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८