• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

गैंडाकोट नगरपालिकाका एक कर्मचारी सहित २८ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

गैंडाकोट नगरपालिकाका एक कर्मचारी सहित २८ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन–१३ , २०७७

गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकामा कार्यरत एक जना कर्मचारी सहित २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार सोमबार संकलन गरिएका ७८ स्वावको नमुना परिक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरुको विस्तृत विवरण भने भोलि बुधबार विहान १० बजेपछि मात्रै सार्वजनिक हुने बताइएको छ ।
संक्रमित २८ मध्ये एक जना नगरपालिकाका कर्मचारी रहेका छन। उनि विगत एक हप्तादेखिनै होम क्वारेन्टिनमा वसिरहेको समेत पौडेलले जानकारी दिए ।

मंगलबार थपिएका सहित नगरपालिमा कुल सक्रमितको संख्या २१४ पुगेको छ जसमध्ये १४० जना निको भइसकेका छन् । नगरपालिकामा हालसम्म २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । केही घट्दै गएको संक्रमणको दर नगरपालिकामा पुन बढेको छ ।

यस अघि पनि नगरपालिकाका एक कर्मचारीमा संक्रमण पुष्टी भएको थियो ।

  • प्रकाशित मिति : असोज १३, २०७७, मंगलवार १४:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८