• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा ३४५ नमुना परिक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनमा ३४५ नमुना परिक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन–१३, २०७७

चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका १२ जना र चितवन मेडिकल कलेज कोभिड–१९ प्रयोगशालाका ५६ जना रहेका छन् । ति मध्ये  ५४ जना चितवनका मात्रै हुन् ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २१ पुरुष र १४ महिला गरि ३५ जना, रत्ननगरका ३ महिला १ पुरुषगरि ४ जना , खैरहनीका १ महिला ८ पुरुषगरि ९ जना, राप्तीका ३ पुरुष, कालिकाका २ महिला र १ पुरुषगरि ३ जना संक्रमित भएका हुन । यस्तै अन्य संक्रमित हुनेहरुमा नवलपुरका ८ पुरुष र १ महिला गरि ९ जना, नवलपरासी र तनहुँका २ महिलार पर्सा, मोरङ्ग र सर्लाहिका १/१ पुरुषगरि ३ जना समेत गरि जम्मा ६८ जना रहेका छन ।

परिक्षण गरिएका नमुनाहरुको स्वाब सिएमसि स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज र भरतपुर अस्पताल र क्वारेन्टिनहरुबाट संकलन गरिएको अस्पतालले जनाएको छ ।

मंगलबार परिक्षण गरिएका ३४५ वटा नमूना मध्ये २७७ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ६८ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : असोज १३, २०७७, मंगलवार १३:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८