• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

एसिड छ्याप्नेलाई कडा कानुन – के भन्छन् पीडित


एसिड छ्याप्नेलाई कडा कानुन – के भन्छन् पीडित

आश्विन–१३,२०७७

एसिड आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्था गरिएको कानुन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।

गत बिहीवार बसेको मन्त्रिपरिषद्ले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको थियो। राष्ट्रपतिबाट उक्त अध्यादेश प्रमाणीकरण भएको विज्ञप्ति राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेका छन्।

उक्त कानुनमा एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेलसजाय र १० लाख जरिवाना हुने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका प्रावधानहरू राखिएको छ।
सरकारले एसिडको खुला विक्री वितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिने र पीडितलाई निशुल्क शिक्षा र रोजगारी उपलब्ध गराउने गरी नयाँ कानुन ल्याएपछि त्यसले पीडामा मलमको काम गर्ने पीडितहरूले बताएका छन्।

नयाँ व्यवस्था अनुसार एसिड आक्रमणसम्बन्धी मुद्दा जहिले दर्ता भएको भए पनि पहिलो प्राथमिकता दिनुपर्नेछ । उपचार खर्च र फितलो न्याय प्रणालीले एसिड आक्रमणको पीडा झन् बढ्छ । यो कानुनले पीडितहरूको निःशुल्क उपचार सुनिश्चित गरेको छ भने पीडितका नाममा कुनै पनि माध्यमबाट चन्दा सहयोग उठाउन पाइने छैन। त्यसरी चन्दा उठाउने व्यक्तिलाई पनि तीन महिनासम्म कैद वा पाँचहजारसम्म जरीवाना हुने उल्लेख छ ।

एसिड पीडित मुस्कान खातुनले आफूमाथि एसिड आक्रमण भएर अस्पतालमा उपचार गराइरहँदा पीडितलाई कडासजाय भन्दा पनि एसिडको विक्री वितरणमा कडाइ होस् भन्ने लागेको बताइन्।
“एसिड सजिलै पाइने भएकोले नै हामीमाथि छ्यापिएको हो। मैले प्रधानमन्त्रीसँग भेट्दा पनि यही कुरा भनेको थिएँ,” खातुनले भनिन्, “मेरो कुरा सुनेर प्रधानमन्त्री भावुक हुनुभएको थियो। यदि छिट्टै कानुनी व्यवस्था पनि भयो । प्रधानमन्त्री र महान्यायाधिवक्ता अग्नी खरेललाई म एकदमै धन्यवाद दिन चाहन्छु ।”

खातुन गत वर्षको भदौ महिनामा वीरगन्जमा विद्यालय जाँदै गर्दा एसिड आक्रमणमा परेकी थिइन्। उनलाई आक्रमण गर्ने मध्ये अहिले एकजना युवक थुनामा छन् भने एसिड बेच्ने व्यवसायी फरार रहेको बताइन्छ । “मलाई जे भए पनि अरु दिदीबहिनीले मेरो जस्तो पीडा भोग्नु नपरोस् भन्ने लागेको थियो अब सजिलै किन्न नपाउने भएपछि यस्ता आपराधिक घटना पनि कम हुन्छन् भन्ने विश्वास लागेको छ,”खातुनले भनिन्। –विविसीमा आधारित

  • प्रकाशित मिति : असोज १३, २०७७, मंगलवार ०३:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८