• चैत ६, २०७९, सोमवार Monday, 20 March, 2023
centreal college

रजिष्ट्रेशनका नाउँमा शुल्क उठाए अभिभावकलाई उजुरी गर्न आग्रह

  • संबाददाता

रजिष्ट्रेशनका नाउँमा शुल्क उठाए अभिभावकलाई उजुरी गर्न आग्रह

आश्विन–१३,२०७७

गैंडाकोट । गैंडाकोट सहित नवलपुर जिल्लाका निजी तथा सामुदायिक विद्यालयलहरुले विद्यार्थी अभिलेखिकरणको नाउँमा शुल्क उठाएपछि शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले शुल्क नलिन निर्देशन दिएको छ ।

इकाइ प्रमुख कृष्णचन्द्र पोखरेलले निर्देशन पत्र जारी गर्दै सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार निशुल्क विद्यार्थी अभिलेखिकरण गर्न भनेको तर विद्यालयहरुले विद्यार्थी रजिष्टे«न भन्दै धमाधम शुल्क उठाउन थालेपछि निर्देशन दिइएको हो । बैकल्पिक सिकाई अवलम्न गर्दा मात्रै सम्वन्धित निकायको लिखित स्वीकृति अनुसार मात्र तोके बमोजिमको शुल्क लिन पाउने भएपनि धेरै विद्यालयहरुले अभिलेखिकरण अर्थात रजिष्ट्रेन शुल्क भन्दै अभिभावकसँग रकम लिइरहेका छन् ।

त्यस्तै एक विद्यालयबाट अर्को विद्यालयमा जान खोज्ने विद्यार्थीसँग पनि वढि शुल्क लिने गरेको गुनासो पछि इकाईले विद्यार्थीले मागेको खण्डमा सहजै मार्कसिट,ग्रेडसिट वा स्थानान्तरण प्रमाण पत्र दिन निर्देशन दिइएको छ ।

त्यसरी दिइने प्रमाणपत्रको शुल्क मासिक पढाई शुल्कको ५० प्रतिशत भन्दा वढि लिन नपाइने र सोही परीक्षा शुल्कले नै स्थानान्तरण प्रमाण पत्र छपाई गर्र्नुपर्ने र सामुदायिक विद्यालयहरुले कुनै पनि शुल्क लिन नपाउने कानुनी व्यवस्था भएकाले कुनै पनि शुल्क नउठाउन निर्देशन दिइएको छ । यदि त्यसरी रकम असुल गरे अभिभावक तथा विद्यार्थीहरुलाई सन्वन्धित निकायमा उजुरी गर्न पनि आग्रह गरिएको र त्यस्तालाई कानुन वमोजिम कारवाही हुने भएको छ ।

स्थानीय तह तथा समन्वय इकाइले नै रकम लिन सहमति दिएको भन्दै गलत सन्देश अभिभाकलाई दिने र रकम असुल्ने गरेको धेरैनै पाइएको छ ।

  • प्रकाशित मिति : असोज १३, २०७७, मंगलवार ०२:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८