आश्विन–१२ ,२०७७
चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५० सहित थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २२ पुरुष र १५ महिला गरि ३७ जना, रत्ननगरका ३ पुरुष, खैरहनीका ५ पुरुष र १ महिला गरि ६ जना ,कालिकाका १ पुरुष र ३ महिला गरि ४ जना संक्रमित भएका हुन । यस्तै अन्य संक्रमित हुनेहरुमा नवलपुरका ३ पुरुष र १ महिला गरि ४ जना र काठमाडौं ,ललितपुर ,धनुषा र बाराका १र१ पुरुष समेत गरि जम्मा ५८ जना रहेका छन ।
परिक्षण गरिएका नमुनाहरुको स्वाब सिएमसि स्वाब संकलन केन्द्र ,पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनहरुबाट संकलन गरिएको अस्पतालले जनाएको छ ।
सोमबार परिक्षण गरिएका ५०४ वटा नमूना मध्ये ४४६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ५८ वटा नमुनाको पोजेटिभ आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८