• फागुन १९, २०८०, शनिवार Saturday, 02 March, 2024

आज १३५१ थपिँदा जम्मा संक्रमित ७४७४५, निको हुनेको संख्या ५४६४० जना

  • संबाददाता

आज १३५१ थपिँदा जम्मा संक्रमित ७४७४५, निको हुनेको संख्या ५४६४० जना

आश्विन–१२,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ८० नमुनाको परिक्षण गर्दा १ हजार ३५१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४३६ महिला र ९१५ पुरुष गरि १३५१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १९ हजार ६२४ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १० हजार ९२९ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७४२ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ५४ हजार ६४० पुगेको छ । यो ७३ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २ महिला र २ पुरुषगरि ४ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ४८१ पुग्यो ।

  • प्रकाशित मिति : असोज १२, २०७७, सोमवार १०:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८