आश्विन–१२,२०७७
राजस्थान रोयल्सले आइपिएलमा सबैभन्दा बढी रन पछ्याउने कीर्तिमान कायम गर्दै यस सत्रमा लगातार दोस्रो जित हात पारेको छ । आइतबार किङ्स पन्जाब ११ ले दिएका २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको जित हात पारेको हो । सञ्जु सामसुन र राहुल टेबटीयाले सानदार ब्याटिङ गरे पछि राजस्थानले तीन बल बाँकी रहँदा ६ विकेटको क्षतीमा २२६ रन जोडेको हो ।
सामसुनले लगातार दोस्रो अर्धसत्तक प्रहार गर्ने क्रममा ४२ बलमा ८५ रन प्रहार गरे । सामसुनले कप्तान स्टेभन स्मिथसंग मिलेर दोस्रो विकेटका लागि ४० बलमा ८१ रनको साझेदारी गरे ।
त्यस पछि चौथो क्रममा ब्याटिङ गरेका टेबटीयाले १९ बलमा ८ रन प्रहार गरे पछि राजस्थानको रणनीति गलत हो की भन्ने देखिएको थियो । तर, १८ औ ओभरमा सेल्ड्रन कोट्रेललाई पाँच छक्का प्रहार गरे पछि अन्तिम दुई ओभरमा राजस्थानका जितका लागि २१ रन मात्र आवश्यक थियो । टबेटियाले ३१ बलमा ५३ रन बनाए । जोफ्रा आर्चरले ३ बलमा १३ रन प्रहार गर्दै टोलीलाई जित दिलाए । राजस्थानका कप्तान स्मिथले २७ बलमा ५० रन प्रहार गरेका थिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानका कप्तान लोकेश राहुल र मायंक अग्रवालले पहिलो विकेटका लागि १८३ रनको साझेदारी गरेका थिए । यसै साझेदारीका साथ पन्जाबले दुई विकेटको क्षतीमा २२३ रन जोडेको हो । मायंक अग्रवालले ५० बलमा १०६ तथा राहुलले ५४ बलमा ६० रन प्रहार गरेका थिए । निकोलास पूरणले ८ बलमा २५ रन प्रहार गरे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८