• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

कलकत्ताको पहिलो जित

  • संबाददाता

कलकत्ताको पहिलो जित

आश्विन–११,२०७७

इन्डियन प्रीमीयर लिग (आइपिएल) क्रिकेटमा कलकत्ता नाइट राइडर्सले पहिलो जित हात पारेको छ । कलकत्ताले शनिवार भएको खेलमा सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ ।
कलकत्तालाई जित दिलाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान शुभ मन गीलको भूमिका महत्वपूर्ण रहेको थियो । हैदराबादले छाडेको १४३ रनको लक्ष्य पछ्याएको कलकत्ताले गीलको अविजित ७० रनको सहयोगमा दुई ओभर बाँकी रहँदा तीन विकेटको क्षतीमा १४५ रन जोड्यो । विजयी टोलीका इयान मोर्गान ४० रनमा अविजित रहे । यी दुईले चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद चार विकेट गुमाउँदै १४२ रनमा सीमित भयो । यस सत्रको आइपिएलको आठ खेलसम्ममा पछि ब्याटिङ गरेको टोलीको यो दोस्रो जित हो भने टस जितेको टोलीको यो लगातार सातौँ पराजय पनि हो ।

हैदराबादलाई सुरुवात देखि नै नियन्त्रणमा राख्ने कलकत्ताले अनुभवी बलर सुनिल नारायण र प्याट कुमीन्सलाई सुरुवातमा बलिङ गर्न लगाए । मुम्बइसंगको पहिलो खेलमा ३ ओभरमा ४९ रन खर्चेका कुमिन्सले हैदराबादसंगको उल्टो देखिए । उनले चौथो ओभरमा जोन बारिस्ट लाई आउट गरे । एक पटक रेफ्रिले आउट निर्णय गरे पनि रिभ्यु गरेर बचेका बारिस्ट यस लगत्तै बोल्ड भए । उनले १० बलमा ५ रन मात्र बनाए ।

यस पछि वार्नर र मनिस पाण्डेले बाकी बलरको ओभरमा रन जोड्ने सोच बनाए पनि १० औं ओभरमा ३६ रन बनाएका वार्नरले वरुण चक्रवतीलाई रिटर्न क्याच दिन पुगे । ऋद्धिमान साह र पाण्डेले अर्को आठ ओभरसम्म ब्याटिङ गरे । त्यसै ओभरमा आन्द्रे रसेलको फुल टसमा उनैलाई क्याच दिन पुगे उनीहरूको ६२ रनको साझेदारी टुटेको थियो । मोहम्मद नाभिले डेथ ओभरमा दुई चौका प्रहार गरे भने साह ३१ बलमा ३० रन जोड्दै रन आउट भए । कलकत्ताले अन्तिम तिन ओभरमा २४ रन मात्र खर्चे पछि हैदराबाद कम योगफलमा सीमित भएको हो ।

कलकत्ताले पनि राम्रो सुरुवात गर्न सकेन । दोस्रो ओभरमा खालील अहमदले सुनिल नारायणलाई शून्यमा आउट गरे भने १३ बलमा २६ रन बनाएका नितिस राना टी नाटाराजनबाट आउट भए । पाँच ओभरमा ४३ रनमा दुई विकेट गुमाएको सो टोलीका कप्तान दिनेश काततितकलाई रसिद खानले एलबी डब्ल्यु आउट गरे पछि ५३ रनमा तेस्रो विकेट गुमेको थियो ।

सुरुवातमा रसिद खान र नाभिको ओभरमा बिस्तारै खेलेका यी जोडीले बिस्तारै रनको गति बढाएका थिए । मोर्गानले २९ बलमा ४२ तथा गीलले ६२ मा ७० रन जोड्दै खेलको अन्त्य गरे । उनी म्यान अफ द म्याच पनि घोषित भए ।

  • प्रकाशित मिति : असोज ११, २०७७, आइतवार ०१:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८